सोमबार, ७ जेठ २०८१

यस्तो आयो नेपाल बङ्गलादेश बैंकको पहिलो त्रैमासको वित्तीय विवरण

समयपोष्ट २०७८ कार्तिक १५ गते ९:५९

Advertisement

नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४१ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेसँगै इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २७.६६ प्रतिशत घटेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २७.५९ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८ करोड ९४ लाख रुपैयाँ रहेको छ।

Advertisement

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४.५९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप १०.६१ प्रतिशत घटेको छ भने कर्जा ५.०४ प्रतिशत बढेको छ।

नाफा घटसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६० पैसा घटेर १८ रुपैयाँ २९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २२.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९५ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री