बुधबार, १२ वैशाख २०८१

अधिकृतका छोराको अपहणपछि हत्या

समयपोष्ट २०७७ मंसिर १५ गते १८:११

Advertisement

पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ ।
घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन यही मङ्सिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए । साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मङ्सिर ११ गते जाहेरी दिइएको थियो । उनी हराएको प्रहरीलाई जानकारी गराइएको चार दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कक्षा १२ मा इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुन सक्ने प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो । घटनामा संलग्न रहेको आशङ्कामा दुहबी–२ का २१ वर्षीय सुमन झालाई पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री