शनिबार, १५ वैशाख २०८१

उपत्यकामा थप ५४८ जनामा संक्रमण पुष्टि, मृतक १४ सय नाघे

समयपोष्ट २०७७ मंसिर १४ गते १७:१२

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५४८ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा २४४ महिलार र ३०४ पुरुष रहेका छन् । यस्तै बितेको २४ घण्टामा देशभर भने१२५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११ महिला र ७४४ पुरुष गरी १२५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा थप १४०४ जना संक्रमण मुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।
अब देशभर कोरोनाका सक्रिय संक्रमित १७ हजार ९०९ जना रहेका छन् भने कुल मृतकको संख्या १४७९ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री