बुधबार, १४ माघ २०७७

७६ वर्षीय वृद्धले घरमै बोलाएर सात बर्षिय बालिकाको कपडा खोल्न थालेपछि…

rss २०७७ मंसिर १३ गते २०:५०

Advertisement

सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ ।

बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ ।

पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको प्रहरीले जनाएको छ । तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीले आरोपितले बालिकालाई घरमा बोलाएर यौन दुव्र्यवहार गरेको बताउनुभयो । कपडा खोलेपछि बालिकाले चिच्याएको सुनी स्थानीयवासी पुगेर बालिकाको उद्धार गरेको उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष चौधरीका अनुसार अरोपित महतोले पाँच वर्षअघि पनि गाउँकी एक बालिकालाई यौन दुव्र्यवहार गरेका थिए । गाउँमा बसेको पञ्चायतले उतिबेला रु ६०० जरिवाना तिराएर छाडिएका स्मरण गर्दै वडाध्यक्ष चौधरीले भन्नुभयो, “त्यसबेला गाउँले मिलेर छाडे, अहिले पुनः उनैबाट यस्तो घटना भयो ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री