शुक्रबार, ७ वैशाख २०८१

थप १७ सय ३ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

समयपोष्ट २०७७ मंसिर १२ गते १६:३३

Advertisement

पछिल्लो २४ घन्टामा नेपालमा थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षण भएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय ३६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री