मंगलबार, ११ वैशाख २०८१

गम्भीर अवस्थाका कोरोना संक्रमितमा देखिदैनन् यस्ता लक्षण

समयपोष्ट २०७७ मंसिर १० गते १२:५०

Advertisement

कोरोना भाइरसको संक्रमण हुँदा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिनु सुखद संकेत भएको दाबी गरेका भारतीय चिकित्सकहरुले गरेका छन् ।

चिकित्सकहरुका हनुसार यस्ता लक्षण देखिए कोरोना संक्रमित गम्भीर बिरामी पर्ने खतरा निकै कम हुने उनीहरूको दाबी छ।

जुन कोरोना संक्रमितमा स्वाद र गन्ध थाहा नपाउने लक्षण हुन्छन्, तिनलाई कोरोनाले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने जोखिम कम हुने उनीहरूको भनाइ छ। नोएडास्थित यथार्थ अस्पतालका डाक्टर अरुण लखनपाल तथा उनको टोलीका अनुसार आइसियुमा भर्ना भएका अधिकतर कोरोनाका बिरामीमा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएको थिएन। यसको अर्थ गम्भीर अवस्थाका कोरोना संक्रमितमा यस्ता लक्षण देखिँदैनन्।

झन्डै ४० प्रतिशत कोरोनाका बिरामीमा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएको र यो सुखद संकेत भएको डा.लखनपाल बताउँछन्।

मेदान्ता अस्पतालकी वरिष्ठ चिकित्सक डा सुशीला कटारिया पनि उनको भनाइमा सहमत छिन्। उनी भन्छिन्, ‘त्यस्ता बिरामीलालई सामान्यतया अक्सिजन आवश्यक पर्दैन पर्दैन र अस्पताल भर्ना हुनुपर्ने जोखिम पनि कमै हुन्छ।’

कोरोना संक्रमण भएपछि स्वाद र गन्ध थाहा नपाउने किन हुन्छ भन्ने कुराको स्पष्ट कारण पत्ता लागिसकेको छैन। तर पनि कोरोना भाइरसले इन्द्रियसँग सम्बन्धित स्नायुमा असर पारेपछि यस्ता लक्षण देखिन विश्वास गरिन्छ।

यस्तै स्वाद तथा गन्ध थाहा नपाउनु केवल कोरोना संक्रमणको लक्षण नभएर अन्य रोगका लक्षण पनि हुन सक्ने चिकित्सक बताउँछन्। चिसो, साइनोसाइटिसजस्ता सामान्यदेखि मस्तिष्क क्यान्सरजस्ता गम्भीर रोगसम्ममा पनि यस्तै लक्षण देखिन्छ। तसर्थ यस्ता लक्षण देखिँदा सतर्क हुन र कोरोना हो कि होइन भनेर पत्ता लगाउनुपर्ने चिकित्सकको सल्लाह छ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री