शनिबार, १५ वैशाख २०८१

बि.ओ.के क्यापिटलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

समयपोष्ट २०७७ मंसिर ५ गते १८:२२

Advertisement

बि.ओ.के क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले आ.ब. २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७६/७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी रु. २१,००,००,०००।०० को ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४,५०,००० नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभा क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री