शनिबार, ८ वैशाख २०८१

नेको इन्स्योरेन्सको खुद बीमा शुल्क ३०.६३ प्रतिशतले बढ्यो, खुद नाफा कति ?

समयपोष्ट २०७७ मंसिर ४ गते १२:२३

Advertisement

नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६५.२१ प्रतिशतले खुद नाफा बृद्धि गरेको छ ।

कम्पनीले पहिलो त्रैमाससम्ममा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमा शुल्क पनि ३०.६३ प्रतिशतले बढेर ४३ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ५ करोड ५५ लाख, लगानी कर्जा तथा अन्यबाट २ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५८ करोड ४ लाख, बीमा कोषमा ८९ करोड ३९ लाख र महाविपत्ती कोषमा ८ करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा, प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात २०.९३ गुणा रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले ७८ हजार ४२ वटा बीमालेख जारी गरी ८६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, कम्पनीले १ हजार ५६६ वटा दाबी बापत २० करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ४६९ वटा दाबी बापत ६६ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री