शुक्रबार, ७ वैशाख २०८१

बलिउडको ब्लकबस्टर मुभि “लक्ष्मी” नेटटिभीको सेटटप बक्स र नेटटिभी एप मार्फत हेर्न सकिने

समयपोष्ट २०७७ मंसिर १ गते ९:०८

Advertisement

नेटटिभीले पहिलो पटक बलिउडको ब्लकबस्टर चलचित्र “लक्ष्मी” लाई नोभेम्बर देखि नेपालको दुबै प्लेटफर्म नेटटिभी सेटटप बक्स र नेटटिभी एप मार्फत हेर्न सकिने गरी ग्राहक समक्ष ल्याएको छ ।

वर्ल्डलिंकका ग्राहकहरू जो सँग नेटटिभीको सदस्यता छ, यस चलचित्रलाई टिभीमा पनि रिलीज भएको पहिलो दिनमा नै नेटटिभी सेट–टप बक्स मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अरू गैरवर्ल्डलिंक ग्राहकहरूले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोवाइलमा चलचित्र हेर्न सक्नेछन ।

अक्षय कुमारद्वारा अभिनित यो चलचित्र दीपावलीमा सबैभन्दा ठूलो रिलीज हो जुन विश्वव्यापी डिजिटल प्लेटफर्ममा रिलीज भएको छ ।

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरान राजभण्डारी भन्छन्,“अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएको ले मनोरन्जनका विकल्पहरू कम भएका छन् र चलचित्र प्रेमीहरू निराश छन् ।

” लक्ष्मी ” बलिउडको ठूलो वजेटको चलचित्र हो । यस चलचित्रलाई पहिलो दिन पहिलो कार्यक्रमबाट नै नेटटिभी प्लेटफर्म मार्फत नेपालका सबै मानिसहरूलाई हेर्नका लागि ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौ। कठिन महामारीको बाबजुद पनि नेटटिभी सेट-टप बक्स र एपमा सबैलाई सकेसम्म बढी मनोरन्जन कार्यक्रमहरु ल्याउने हाम्रो प्रयास छ । ताकि सबै नेपालीहरु सुरक्षित साथ आफ्नो घरमै चलचित्र हेरेर आनन्द लिन सक्नेछन । ”

नेटटिभी नेपालमा आईपीटीवी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी हो ।

नेटटिभीले लाइभ टिभी, चलचित्र, माग अनुसारको भिडियो लगायतका सेवाहरु टीभीमा नेटटिभी सेटटप बक्स र मोबाइलमा नेटटिभी एप मार्फत नेपाली जनताहरूका लागि मनोरञ्जन समग्रीहरू प्रदान गर्न सधैं प्रयत्न गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री