शनिबार, १५ वैशाख २०८१

कम्युनिष्ट नै हो लोकतान्त्रिक शक्ति : पम्फा भुसाल

समयपोष्ट २०७४ मंसिर १४ गते ९:०७

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने लक्ष्यका साथ वामपन्थी शक्ति एकीकृत रुपमा निर्वाचन अभियानमा केन्द्रित भएको बताएकी छिन् । 

Advertisement

खोकनामा आज वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गदै उनले वामपन्थी शक्ति एक जुट भएर चुनाव र पार्टी एकता प्रक्रियामा जाँदा विपक्षी आत्तिनुनपर्ने धारणा राखिन । “कम्युनिष्टको सरकार गठन भए नागरिक स्वतन्त्रता हनन हुन्छ भन्दै आफूलाई लोकतान्त्रिक बताउने नेपाली काँग्रेस नै रोइलो गर्दै हिँडेको छ । जनतालाई अधिकार दिन हामी तयार छौँ । प्राप्त भएको अधिकार कोही कसैले पनि खोस्न सक्दैन । काँग्रेसभन्दा कम्युनिस्ट नै बढ्ता लोकतान्त्रिक छन्” उनले भनिन्। 

प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं ३ मा वाम गठन्धनका संयुक्त उम्मेदवार भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने, कलासंस्कृतिको संरक्षण गर्ने तथा नागरिकका दैनिक समस्या समाधान गर्ने ललिलतपुर वाम गठन्धनको मूलमन्त्र रहेको स्पष्ट पारिन्। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री