मंगलबार, ११ वैशाख २०८१

ओलीलाई नेपालको संविधान पढ्न आरजुको सुझाव

समयपोष्ट २०७४ मंसिर १३ गते ७:२४

कांग्रेसबाट कैलाली–५ मा  प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजू राणा देउवाले एमाले अध्यक्ष केपी ओलीले नेपालको संविधान पढ्नुपर्ने बताएकी छिन् । धनगढी–४ उत्तरबेहडीमा बुधबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले भनिन्, ‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही पनि नागरिक कहीं पनि जन्मिएर कहीं पनि उठ्न पाउने प्रावधान छ ।’

Advertisement

धनगढी र डडेलधुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राणालाई टुरिस्ट उम्मेदवार र देउवाले विकासमा सिन्को नभाँचेको आरोप लगाएका थिए । 

राणाले माओवादी अध्यक्ष प्रचण्ड कहिले कीर्तिपुर, कहिले सिरहा, कहिले चितवनबाट उठिरहेको प्रसंग उठाउँदै  महिला भएकाले ओलीले आफुलाई हेपेको आरोप लगाईन् । 

उनले भनिन्, ‘उहाँचाहिँ टुरिस्ट नहुने । महिला भएकाले मलाई हेपेको हो, ओलीजी ? महिलालाई हेर्ने तपाईंको दृष्टि नमिलेजस्तो लाग्यो । तपाईंको दृष्टिलाई चश्मा होइन, टेलिस्कोप नै चाहिन्छ ।’

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री