बिहीबार, १५ चैत २०८०

इन्जिनियरिङ कलेजको खाताबाट १० करोडभन्दा बढी सञ्चालकहरूको खातामा

समयपोष्ट २०७४ मंसिर १३ गते २:५०

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको छ । कलेज स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरण हेर्दा १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा व्यक्तिको खातामा गएको देखिन्छ ।

Advertisement

‘कलेजको खाताबाट केही सञ्चालकको खातामा बारम्बार रकम निकासा गरेको देखिन्छ,’ कलेज स्रोतले भन्यो, ‘तलब र अन्य सुविधा बाहेक  विभिन्न शीर्षकमा खर्च देखाई रकम निकालिएको छ ।’ सादा कागजमा विवरण लेखेर कतिपय खर्चको औचित्य पुष्टि गर्न खोजिएको स्रोतले बतायो । 

सामाजिक संस्थाका रूपमा स्थापित नेपालको पहिलो इन्जिनियरिङ कलेजका सञ्चालकहरूले कानुनविपरीत १० करोड रुपैयाँभन्दा बढी रकम पारिश्रमिक र सुविधाका नाममा भुक्तानी लिएका छन् । 

जनसम्पर्क र विद्यार्थी संगठनका नाममा खर्च देखाइएको छ । विद्यार्थी संगठनलाई बाँडेको भनी ८ करोड २५ लाख रुपैयाँ खर्च देखाइएको छ । ‘तर भर्पाइ र रसिद भने लेखाको कागजातमा देखिँदैन,’ स्रोतले भन्यो । कलेज सञ्चालक समितिका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेका नाममा पटक–पटक गरी ८ करोड २१ लाख रुपैयाँ भुक्तानी भएको छ ।

नियमित तलबबाहेक उनले जनसम्पर्क, यातायात र अन्य खर्चका नाममा भुक्तानी लिएका छन् । अर्का सञ्चालक लवराज भट्टराईले २ करोड ३२ लाख रुपैयाँ निकासा लिएको लेखास्रोतले बतायो । आजकोकान्तिपुरबाट/

प्रतिक्रिया

सम्बन्धित सामाग्री