बुधबार, १२ वैशाख २०८१

दुईवटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय

समयपोष्ट २०७४ मंसिर १२ गते १२:०२

निर्वाचन आयोगले रुकुम पश्चिमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको छ । 

Advertisement

रुकुम (पश्चिम) जिल्ला बाँफीकोट गाउँपालिका–५ को रुत्न मावि काँडा मतदान केन्द्र (क) मा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्र (ख)मा समानुपातिक निर्वाचन प्रणालीतर्फको मात्र मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ । 

आयोगको आज बसेको बैठकले मंसिर १० गते भएको मतदानमध्ये बाँफीकोट गाउँपालिका–५ रत्न मावि, काँडा मतदान केन्द्र (क)मा भएको प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मात्र र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि, गत्तसैना मतदान केन्द्र (ख)मा भएको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतदान मात्र रद्द गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

उक्त मतदान केन्द्रमा प्रयोग भएको मतपेटिकामा आगलागी भएपछि आयोगले मंसिर १५ गते शुक्रबार पुन ः मतदान गर्ने निर्णय गरेको हो । आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाई पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम (पश्चिम) लाई निर्देशन दिएको छ । 

साथै आयोगले निर्वाचन गराउने सन्दर्भमा मतपत्र बाहेकका मतदान सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय, रुकुम पश्चिमलाई मिलाउन निर्देशन दिएको जनाएको छ । रद्द भएका मतदानसँग सम्बन्धित मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधिसमेतको रोहवरमा खोली ती मतपेटिकामा रहेका मतपत्र आगो लगाई नष्ट गर्नसमेत निर्देशन दिएको प्रवक्ता ढकालले जानकारी दिए। रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री