बिहीबार, २० वैशाख २०८१

निर्वाचन आयोगले मत सर्वेक्षणमा रोक लगाउनुको कारण यस्तो रहेछ

समयपोष्ट २०७४ मंसिर ११ गते ९:०५

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् । 

Advertisement

सोमबार  निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मङ्सिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिता विपरित हुने बताए । 

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता विपरित कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लङ्न गरेवापतको कारवाही हुने स्पष्ट गरे । 

उनले निर्वाचन आचारसंहिता विपरित गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने कार्यमा समेत नकारात्मक प्रभाव पर्ने बताए । 
प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता विपरित गरिने मत सर्वेक्षणलाई सञ्चार माध्यममा स्थान नदिन समेत आग्रह गरे । 
निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद – २ को ४ (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री