शुक्रबार, १४ वैशाख २०८१

एफपिओ निष्कासनको लागि बुटवल पावरको नयाँ मुल्य प्रस्ताब,होला त स्विकृत ?

समयपोष्ट २०७४ मंसिर ११ गते ७:४०

 धितोपत्र बोर्डले प्रारम्भिक चरणमा तोकेको एफपिओंको मूल्य अस्विकार गरेपछि बुटवल पावर कम्पनीले नयाँ मुल्य प्रस्ताब गरेको छ । कम्पनीले प्रारम्भिक चरणमा पाँच सय १८ रुपैयाँ मूल्य तोकेकोमा नयाँ मुल्य पाँच सय एक रुपैयाँ तोकेको छ । बोर्डमा ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासनको लागि कम्पनीले गत वर्ष चैतमा आवेदन दिएको थियो।

Advertisement

 प्रारम्भिक चरणको अध्ययनमा बोर्डले तोकेको मुल्यांकन बिधि अनुसार मूल्य कायम नभएको भन्दै मूल्य सच्याएर ल्याउन बोर्डले आग्रह गरेको थियो ।  कम्पनीले पछिल्लो समय प्रति कित्ता पाँच सय एक रुपैयाँ प्रस्ताव गरेको बोर्डले जनाएको छ । 

कम्पनीले प्रस्ताव गरेको नयाँ मूल्यमा बोर्डले छलफल अगाडि बढाएको छ। कम्पनीले प्रस्ताव गरेको मूल्यमा अन्तिम स्वकृति दिने वा नयाँ मूल्य समायोजन गर्ने निर्णय भएको छैन। कम्पनीले साढे ६६ मेगावाटका न्यादी र कावेली ए आयोजना निर्माणमा लगानी जुटाउन एफपीओ निष्कासन गर्न लागेको हो। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री