शुक्रबार, १४ वैशाख २०८१

१० बजेसम्म २५ प्रतिशत मत खस्यो, शान्तिपूर्ण रुपमा मतदान हुँदै

समयपोष्ट २०७४ मंसिर १० गते ६:२४

पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मत खसेको छ ।  उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरुमा चिसोका कारण केही समय ढिलो मतदान सुरु भएतापनि अन्य मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा समयमै मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । 

Advertisement

पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङमा मतदान भइरहेको छ । प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पामा मतदान भइरहेको छ ।

प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान जारी  छ । मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री