बिहीबार, १५ चैत २०८०

मुक्तिनाथ विकास बैंकको लिलामी सेयर बाँडफाँड

समयपोष्ट २०७४ मंसिर ७ गते ९:४९

मुक्तिनाथ विकास बैंकले लिलामी सेयर बाँडफाँड गरेको छ । बैंकले कात्तिक २३ गतेदेखि ३० गतेसम्म लिलामी गरेको हकप्रदमा अवितरित एक लाख ५८ हजार ९२१ कित्ता सेयर बाँडफाँड गरेको हो । 

Advertisement

लिलामी सेयर ५५२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा सेयर माग गर्नेले मागेजति पाएका छन् । ५५१ रुपैयाँमा बोलपत्र पेश गर्ने लगानीकर्ताले भने मागेजति सेयर नपाएको  विक्री प्रबन्धक एनअाईबिएल क्यापिटले जानकारी दिएको छ । 

एक लाख ३१ हजार १५५ कित्ता साधारण सेयरका लागि दुई हजार ३२० जना आवेदकले लिलामी आवेदन गरेका थिए । साधारण सेयरका लागि अधिकतम ५९२ रुपैयाँ सम्मको आवेदन परेको क्यापिटलले जनाएको छ ।

त्यसैगरि २७ हजार ७६५ कित्ता संस्थापक सेयरका लागि ६ जना आवेदकले बोलपत्र पेश गरेकोमा एक जनाले मात्र सेयर प्राप्त गर्न सफल भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री