बुधबार, १२ वैशाख २०८१

आज मध्यरातदेखि मौन अवधि सूरु,आचारसंहिता उल्लङघन भए एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द

समयपोष्ट २०७४ मंसिर ७ गते ५:०६

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज अन्तिम चुनावी प्रचार–प्रसार गर्दैछन् । बिहीबार मध्यरातदेखि मौन अवधि सुरु हुँने हुँदा मौन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीहरुले आचारसंहिता विपरीत काम गर्न पाउँदैनन्। सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसार गर्न पाउँदैनन्।

Advertisement

मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाउँदैनन् । मौन अवधिको उल्लङघन भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री राख्न पाईदैन । साथै एस.एम.एस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पनि आचार संहिता विपरित हुनजान्छ । 
   
दोस्रो चरणमा निर्वाचन हुने गर्न ४५ जिल्लामा भने निर्वाचन प्रचारको कार्यक्रम रोकिने छैन । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री