शुक्रबार, १६ चैत २०८०

चौतर्फी विरोधपछि एमबीबीएसको प्रवेश परीक्षा रद्द

समयपोष्ट २०७४ मंसिर ४ गते १०:२२

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले गत असोज २८ गतको एमबीबीएसको प्रवेश परीक्षा रद्द गरेको छ । प्रवेश परीक्षामा केही विद्यार्थीहरुले इलेक्ट्रोनिक डीभाइसमार्फत चिट चोरेको पाइएपछि पुनः परीक्षा हुनु पर्ने माग राख्दै चौतर्फी रुपमा विरोध हुँदै आएको थियो । 

Advertisement

आईओएमले आइतबार बेलुकी सूचना जारी गरी परीक्षा रद्द गरेको जानकारी दिएको छ । सुचनाका अनुसार आईओएमले त्रि.वी. कार्यकारी परिषद्को वैठकले दिएको निर्देशनको आधारमा परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।  प्रवेश परीक्षाको नयाँ मितिबारे आईओएमको वेभसाइटमार्फत जानकारी दिइने सुचनामा उल्लेख गरेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री