बिहीबार, १३ वैशाख २०८१

के कारण हुन्छ आकस्मिक मृत्यु ? यस्तो छ बच्ने उपयाहरु

समयपोष्ट २०७४ मंसिर ४ गते ३:३६

राति सामान्य अवस्थामै सुतेको मान्छे विहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन् न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु ? 

Advertisement

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पनि ३६ बर्षको अल्पायुमै आकस्मिक निधन भयो । प्रकाशको निधन आकस्मिक रुपमा ह्रदयगति बन्द भएर भएको नर्भिक स्पतालले विज्ञप्तीमार्फत जनाएको छ । 

युवा वा जोखिम पहिचान नभएका ब्यक्तिको आकस्मिक मृत्यु कडा खालको ह्रदयघात (म्यासिभ हार्ट एट्याक) र अन्य थुप्रै कारणले हुनसक्न । ह्रदयघात मुटुमा रक्त प्रवाह हुने धमनी थुनिएर वा फुटेर हुन्छ । धेरै अवस्थामा आकस्मिक मृत्यु रोक्ने विषय ब्यक्तिको नियन्त्रणभन्दा बाहिर हुन्छ । 

तर रक्तचाप, कोलेस्टोजस्ता रिक्स फयक्टरको जाँच र नियन्त्रण गरेमा धेरै ह्दयसम्म आकस्मिक मृत्युबाट जोगिन सकिने चिकित्सक बताउँछन् ।नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री