शुक्रबार, २१ फागुन २०७७

डिल्लीबजार ओरालोमा पर्यटकको गाडीले मोटरसाइकललाई ठक्कर दियो, मोटरसाइकल चालकको मृत्यु

समयपोष्ट २०७४ मंसिर ३ गते ५:११

काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

Advertisement

शनिबार राति बा१प १३०७ नंको पर्यटक गाडीले बा८६प ९०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा कास्की पोखराका सञ्जय थापाको मृत्यु भएको हो ।

पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । थापा बानेश्वरस्थित कन्याम ब्वाइज होस्टलमा बस्ने विद्यार्थी हुन् ।

Advertisement

ठक्कर दिने पर्यटक गाडीसहित चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री