बिहीबार, ६ वैशाख २०८१

शिखर इन्स्योरेन्सको खुद नाफा ९ .७९ प्रतिशतले बढ्यो

समयपोष्ट २०७४ कार्तिक ३० गते ८:४९

निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड ५५ लाख खुद नाफा कमाएको छ । कम्पनीको मुनाफा गतवर्षको सो अवधिको तुलनामा ९ .७९ प्रतिशत बढी हो ।

Advertisement

गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ६९ करोडबाट ७५ करोड पुगेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ३५ करोडबाट ४० करोड पुगेको छ ।

९ करोड रुपैंया पुनर्बीमा कमिशनबाट आम्दानी गरेको शिखरले लगानी कर्जाबाट ३ करोड ७७ लाख रुपैंया आम्दानी गरेको छ । उक्त अवधिमा कम्पनीले १४ करोड ४८ लाख रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको छ ।

अभिकर्ता कमिशनमा जम्मा ५८ लाख रुपैंया खर्चेको बीमा कम्पनीले एक हजार दुई सय ५२ वटा बीमा दाबी भुक्तानी गरेको छ । उसले उल्लेखित संख्याको बीमा दाबी वापत २५ करोड ७६ लाख रुपैंया भुक्तान गरेको छ । अब इन्स्योरेन्सले २ हजार ९ सय २५ वटा बीमा दाबीे वापत ७६ करोड ७२ लाख रुपैंया भुक्तान गर्न बाँकी छ ।

कम्पनीको चुक्ता पूँजी ८१ करोड ७६ लाख रुपैंया छ ।  कम्पनीको जगेडाकोषमा ३१ करोड ४४ लाख, बीमा कोषमा ६८ करोड तथा महाविपत्तिकोषमा ५ करोड २९ लाख राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७५ पैसा कायम भएको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २२८.४३ रुपैंया छ तथा मूल्य आम्दानी अनुपात ४२.१५ गुणा बढी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री