शुक्रबार, १४ वैशाख २०८१

नेपाल लाइफ इन्स्योरेन्सको यस्तो आयो प्रगती विवरण

समयपोष्ट २०७४ कार्तिक ३० गते ४:५५

नेपाल लाइफ इन्स्योरेन्सले  चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । कम्पनीले जारी गरेको विवरण अनुसार उसले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १७ करोड ७४ लाख खुद नाफा आर्जन गरेको छ । गतबर्षको यसै अवधिमा कम्पनीले ५ करोड ८९ लाख मुनाफा गरेको थियो ।

Advertisement

कम्पनीले हाल सार्वजनिक गरेको मुनाफा बीमाकींय मुल्यांकन भन्दा अगाडिको हो । बीमाकींय मुल्यकांकन पश्चात कम्पनीको वास्तविक नाफा अझै बढी हुनसक्छ ।

कम्पनीको चुक्तापूँजी तीन अर्ब ९ करोड  रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ४ अर्ब ८६ करोड रुपैयाँ छ । कम्पनीको  जीवन बीमा कोषमा ४३ अर्ब ३६ करोड राखेको छ । भने महाविपत्तीकोषमा २६ करोड रुपैयाँ राखेको छ ।कम्पनीले हालसम्म ५६ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मात्रै ३ अर्ब ८० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत बर्षको पहिलो त्रैमासको तुलनामा ४० प्रतिशतले बढी हो ।

कम्पनीको जीवन बीमा लेखको संख्या १० लाख ९४ हजार पुगेको छ । उसले यसअवधिमा एक अर्ब २० करोड दावी भुक्तानी गरेको छ भने ७६ करोड दावी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रति सेयर आम्दानी २२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १६६६ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री