शुक्रबार, १४ वैशाख २०८१

महानगरमा ब्रुमर चलाएर धुलो सफा गर्ने अब सपना मात्रै ,कुचोले नै सफा गर्न विद्यासुन्दरको निर्देशन

समयपोष्ट २०७४ कार्तिक २९ गते ७:५४

महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँको धुलोमुक्त बनाउने अभियान अझै अगाडि बढ्न सकेको छैन ।

Advertisement

काठमाडौँ महानगरपालिकाले तत्काल ब्रुमर(यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले ब्रुमरकालागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्रको गर्नुपर्ने अवस्था आएकाले तत्काललाई उक्त यन्त्र खरिद गर्न नसकिने बताए। उक्त यन्त्र ल्याउनका लागि पुनःबोलपत्रको प्रक्रिया अघि बढिसकेको बताइएको छ ।

प्रमुख शाक्यले कामपाको वातावरण विभागलाई निर्देशन दिँदै भने, “सफा गर्दा सडक छेउमा रहेको कागजको टुक्रा टिप्ने काम मात्र नगरी सबै स्थानमा धुलोसमेत सफा गर्न आवश्यक छ ।”

यसैबीच महानगरपालिकाले एक हप्ताभित्र सक्ने गरी त्रिपुरेश्वर, सुनधारा, नयाँ सडक, रत्नपार्कलगायत स्थानका सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली जग्गामा हरियाली बनाउन रुखबिरुवा रोप्ने काम तीव्र रुपमा अघि बढिरहेको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा नयाँ निर्माण र दोस्रो चरणमा निर्माण भइसकेका स्थानमा मर्मत गरिने छ ।रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री