शुक्रबार, १६ चैत २०८०

यामाहाको शोरुम अब भोजपुरमा पनि ,शोरुम उद्घाटनको अवसरमा यस्ता छन् छुट

समयपोष्ट २०७४ कार्तिक २९ गते ५:१४

भोजपुर सदरमुकाममा यामाहा मोटरसाइकलको शोरुम ( विक्री कक्ष) खुलेको छ । 

Advertisement

पूर्वी पहाडी जिल्ला भोजपुरलाई व्यापारिक हिसाबले अगाडि बढाउन निर्मला ट्रेडर्स एण्ड सप्लायर्सले यो सुविधा ल्याएको हो । जिल्लालाई व्यावसायिक र आर्थिक समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले शोरुम ल्याइएको शोरुमका सञ्चालक विमल रणपहेलीले बताए।

शोरुममा यामाहा मोटरसाइकलको एक्सचेन्ज र पुरानो बाइकलाई मर्मतसमेत गरिने जनाइएको छ । शोरुम उद्घाटनको अवसरमा जुनसुकै मोडलका पुरानो बाइक लिएर अरु नयाँ यामाहा मोडेलको एक्सचेन्ज गर्न सकिने र सात हजार छुट र एउटा कार जित्न सक्ने अफरसमेत रहेको सञ्चालकको भनाइ छ । 

पहाडी जिल्लामा यति ठूलो खर्चमा बाइकको शोरुम उद्घाटनसँगै स्थानीय हर्षित भएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री