बिहीबार, १३ वैशाख २०८१

माओवादीसँग मंसिर ९ गतेको एकता :ओली भन्छन् -‘आफैंले कथा बनाउने, आफैँ वाचन गर्ने अनि आफैं कथा सुन्ने’,

समयपोष्ट २०७४ कार्तिक २६ गते ७:२८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ९ गते माओवादीसँग  पार्टी एकता गर्ने कुरा मिडियाबाट थाहा  पाएको बताएका छन् । आइतबार झापाको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने,‘आज बिहानै हल्ला सुनेँ। साथीहरुले फोन गर्नुभयो। ९ गते एकीकरण रे भन्नुभयो। मैले थाहा पाएको छैन, के भएछ भनेँ’, ओलीले बिहानको गतिविधि व्याख्या गर्दै भने, ‘प्रचण्डलाई फोन गरेर सोधेँ – ९ गते हुँदैछ रे नि एकीकरण भनेको, उहाँ पनि हाँस्नुभयो।‘

Advertisement

कार्यक्रममा  ओलीले मंसिर ९ गते माओवादीसँग पार्टी एकता गर्ने कुनै योजना नभएको भन्दै चुनावपछि एकीकरणको प्रक्रिया अगाडि बढाउने बताए । उनले ९ गतेसम्म एकीकरण भनेर हल्ला फैलाउने अनि १० गते गर्न सकेनन् भाँडियो भनेर हल्ला फैलाउने योजनाका साथ काम गरिएको आरोप लगाउदै भने,‘आफैंले कथा बनाउने, आफैँ वाचन गर्ने अनि आफैं कथा सुन्ने’, ओलीले भने, ‘साथीहरुको फोन आउँछ ९ गते एकीकरण भनेर। पत्रिका रेडियोबाट भन्छ। बिहानै समाचार वाचन हुन्छ ९ गते भनेर… अचम्म लाग्छ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री