बिहीबार, १५ चैत २०८०

‘हुण्डार्इ मेगा एक्सचेन्ज विक’ आजबाट सुरु,पुराना गाडीसँग नयाँ साट्न पाइने

समयपोष्ट २०७४ कार्तिक २६ गते ७:१४

हुण्डार्इ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आइतबारदेखि देशव्यापी रुपमा 'हुण्डार्इ मेगा एक्सचेन्ज विक'सुरु गरेको छ । आजबाट मंसिर २ गतेसम्म संचालन हुने मेलामा ग्राहकले ६ लाख २० हजार रुपैयाँसम्म लाभ लिनसक्ने छन् । 

Advertisement

मेला अवधीभर अविश्वसनीय मूल्यांकनसँगै उपहार,उत्कृष्ट नगद छुट,स्पट फाइनान्स तथा बीमा, चार वर्ष फ्रि सर्भिस,तीन वर्षको वारेन्टी,२० हजार रुपैयाँसम्मको लोयल्टी बोनश र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश हरेक गाडीको बिक्रीमा दिइने कम्पनीले जनाएको छ । हुण्डार्इका देशभरका डिलरहरुमा यो लागु हुँने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री