शुक्रबार, १४ वैशाख २०८१

महालक्ष्मीको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त

समयपोष्ट २०७४ कार्तिक २६ गते ३:४७

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त भएका छन्। 

Advertisement

बैंकको शनिवार बसेको सञ्चालक समितिले आगामी चार बर्षका लागि लामिछानेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

बैंकिङ क्षेत्रमा ३० बर्षे अनुभव संगालेका उनले नेपाल बैंकबाट अधिकृतस्तरबाट जागिर सुरु गरेका थिए । यस अघि दुई कार्यकाल उनले कैशाल विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।
लामिछानेले आइतबारबाटै बैंकको कार्यभार सम्हाल्ने छन्। उनी ब्यवस्थापनमा स्नातकोत्तर हुन् भने कानुनमा स्नातक छन्। उनी विकास बैंक संघका पूर्वअध्यक्षसमेत हुन्। उनले संघका दुई कार्यकाल अध्यक्ष भएर काम गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री