शुक्रबार, १६ चैत २०८०

भक्तपुरमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु, दुई घाइते

समयपोष्ट २०७४ कार्तिक २४ गते ५:०७

भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

Advertisement

विपरीत दिशाबाट आउँदै गरेका बा.४९प. १५४९ नम्बरको मोटरसाइकल र बा.९०प. ३९६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्दिा बा.४९प. १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर–१० घर भई हाल कुलेश्वर काठमाडौँ बस्ने ४२ वर्षीय सानुकाजी श्रेष्ठको मृत्यु भएको हो ।  

महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनका अनुसार दुर्घटनामा घाइते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार धादिङकै ४४ वर्षीय कमलबहादुर बास्कोटाको मध्यपुर अस्पतालमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

बा.९०प. ३९६५ नंको मोटरसाइकल र त्यसका चालक मथिनपा–७ नगदेश बस्ने १८ वर्षीय रोहित बाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते बाडेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री