शुक्रबार, ७ वैशाख २०८१

प्रदेश-प्रतिनिधिसभा चुनाव खर्चः भ्रमणमै सवा दुई अर्ब !

समयपोष्ट २०७४ कार्तिक २४ गते १:५४

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भ्रमणका लागि मात्रै दुई अर्ब २६ करोड ६५ बजेट छुट्याएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई भ्रमण शीर्षकमा रकम उपलब्ध गराइन्छ । निर्वाचन खर्चमध्ये भ्रमणमा मात्रै साढे २१ प्रतिशत खर्च हुने देखिएको छ।

Advertisement

मंसिर १० र २१ मा सम्पन्न हुने दुई चरणको निर्वाचनका लागि १० अर्ब ५३ करोड ४३ लाख ४३ हजार रुपैयाँ खर्च गर्ने गरी आयोगले कार्यक्रम बनाएको छ । आयोगले स्थानीय तह निर्वाचनमा एक अर्ब ९१ करोड भ्रमण शीर्षकमा खर्च गरेको थियो । आगामी चुनावमा भ्रमण भत्ताका लागि छुट्याइएको रकम स्थानीय चुनावको भन्दा ३५ करोड ६५ लाख रुपैयाँले बढी छ।

आयोगले स्थानीय भत्ताका लागि एक करोड रुपैयाँ छुट्याएको छ भने अन्य भत्ता शीर्षकमा एक अर्ब ७५ करोड २३ लाख रकम खर्च गर्ने योजना बनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनमा स्थानीय भत्ताका लागि ३८ लाख र अन्य भत्तामा एक अर्ब १ करोड रुपैयाँ खर्च गरेको छ ।

आयोगले निर्वाचन शिक्षा तथा अन्य कार्यक्रमको अनुगमन तथा मूल्यांकनका लागि १९ करोड आठ लाख खर्च गर्ने भएको छ । हतारमा निर्वाचन गर्ने परिपाटीले निर्वाचनका बेला गरिने कार्यक्रमको अनुगमन गर्न आयोगले त्यति नभ्याए पनि यो शीर्षकमा रकम भने छुट्याइएको छैन । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री