शुक्रबार, ७ वैशाख २०८१

स्टाण्डर्ड चार्टर्ड बैंकको पनि खुद नाफा बढ्यो,यस्तो छ विवरण

समयपोष्ट २०७४ कार्तिक २२ गते ६:१७

स्टाण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । गतवर्ष यही अबधिमा बैंकले ३४ करोड ९४ लाख २४ हजार नाफा आर्जन गरेको थियो ।

Advertisement

बैंकले खुद ब्याज आम्दानी, संचालन मुनाफा तथा खराब कर्जा असुली बढाएपछि नाफा बढेको हो । बैंकको जगेडाकोषमा ८ अर्ब ५५ करोड रुपैया रहेको छ ।  गतबर्ष यसै अवधिमा बैंकको जगेडाकोषमा ५ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । 

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ४८ रुपैया १८ पैसा रहेको छ ।  प्रतिसेयर आम्दानी गतबर्षको तुलनामा डेढ रुपैयाँले घटेको छ । गतबर्ष बैंकको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७० पैसा थियो ।

७१ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३९ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

निष्कृष्य कर्जा अनुपातलाई शून्य दशमलव १८ प्रतिशतमा झारेको स्टाण्डर्ड चार्टर्डले २ करोड ९ लाख संम्भावित जोखिम व्यवस्था गर्दा १ करोड ५ लाख खराब कर्जा असुलेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ ३१३।४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५।३५ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री