शुक्रबार, १४ वैशाख २०८१

ग्लोबल स्ट्याण्डर्डको शिक्षा दिने हाम्रो प्रयास हो : एसपी सिंह, अध्यक्ष, पेन्टागन इन्टरनेसनल केलज 

समयपोष्ट २०७४ कार्तिक २० गते ३:३८

हामीले व्याचलर लेबलमा त्रिभुवन विश्वविद्यालयका बीबीएस चार वर्षे कोर्स र बीएसडब्लु तीन वर्षे कोर्स सञ्चालन गरिरहेका छौँ । दुईवटामै हामीले एक–एकवटा सेक्सन चलाउँछौँ । त्यसमा पैँतीस–चालीस जनाको ग्रुप हुन्छ । यी सेक्सनमा विद्यार्थी सङ्ख्या पनि फुल छ । हामीले हरेक वर्ष एक–एकवटा सेक्सन फुल गराएर नै अगाडि बढाउँछौँ । बीसीए, होटल म्यानेजमेण्ट र पोखरा विश्वविद्यालयको बीबीए कार्यक्रम लिन प्रयासरत छौँ । 

Advertisement

पेण्टागन टिचरहरूकै समूहले खोलेको संस्था हो । हामी जति पनि प्रमोटरहरू छौँ, सबै शिक्षण पेसामा लागेका मात्रै छाँै । हाम्रो उद्देश्य भनेको सुरुमै ग्लोबल एजुकेसन इन द होमल्याण्ड भन्ने थियो । आनै देशमा विश्वस्तरीय शिक्षा हामीले दिन सक्यौँ भने देशलाई राम्रो हुन्छ । हाम्रा विद्यार्थीहरू अध्ययनका लागि बाहिर जान नपरोस् भन्ने हाम्रो उद्देश्य थियो ।

हामीले प्लस टुबाट सुरु गरेका हौं । प्लस टुमा हामीले धेरै राम्रो गर्यौं। हाम्रा विद्यार्थीहरू मेडिकल, इन्जिनियरिङ, आईटीतिर धेरै गइसकेका छन् । अहिले पनि राम्रो गर्दैछन् । पछि अभिभावकहरूको डिमाण्ड र हाम्रो चाहनाले गदो ग्र्याजुयसन सुरु गर्यौं । हामीले क्वालिटी एजुकेसनसँग कम्प्रमाइज गरेका छैनौँ । क्वालिटी राम्रो दिएर एजुकेसन लिउँ, त्यो हिसाबले हामी जान खोजेको हो । विद्यार्थी, अभिभावक क्वालिटी खोज्छन् । हामीकहाँ आएर हाम्रो रिजल्टहरू हेरेपछि विद्यार्थी, अभिभावकले यो कलेज मन पराउँछन् र पराउँदै आएका छन् । हाम्रो प्रयास भनेको ग्लोबल स्ट्याण्डर्डलाई कायम गरेर क्वालिटी दिने र विद्यार्थीहरूलाई स्वदेशमै रोक्ने नै हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री