शुक्रबार, १६ चैत २०८०

‘आइफोन एक्स’बजारमा,आईफोन एक्सका ६ उत्कृष्ट नयाँ फिचरहरु यस्ता छन् :

समयपोष्ट २०७४ कार्तिक १९ गते ६:१३

बहुप्रतिक्षित आइफोन एक्स शुक्रबारदेखि विश्व बजारमा आइपुगेको छ । उपभोक्ताहरु आइफोन एक्स प्राप्त गर्नका लागि घन्टौंसम्म एप्पल स्टोर बाहिर लाइन लागेका समाचार सार्वजनिक भैरहेका छन् । एप्पलको आइफोन एक्समा ६ यस्ता यस्ता फिचरहरु छन् जो नितान्त नयाँ हुनुका साथै प्रयोगकर्ताहरुलाई नयाँ अनुभव दिलाउने खालका छन् । 

Advertisement

 भर्खरै मात्र बजारमा आएको  आइफोन एक्समा  फेस आइडी नामक फेसियल रिकग्निसन प्रविधि प्रयोग गरिएको छ । जसबाट प्रयोगकर्ताले फोन अनलक गर्न सक्नेछन् । प्रयोगकर्ताले  आइफोन एक्समा होम बटन देख्न पाउनेछैनन् । कम्पनीले यसमा होम बटन हटाएको छ । 

आइफोन एक्सको अर्को नयाँ फिचर भनेको एनिमोजी हो । एप्पलको मेसेज एपमा प्रि इन्स्टल्ड हुने यो नयाँ फिचरले  प्रयोगकर्ताहरुलाई यसको लतमै फसाईदिने आकलन गरिएको छ । यस फिचर अन्तरगत आइफोन प्रयोगकर्ताले आफ्नो मुहार अनुसारको इमोजी तयार पार्न सक्नेछन् । 

आइफोन एक्समा रेफ्लेक्सन नाम दिएको नयाँ रिङ्गटोन राखिएको छ ।  नयाँ आईफोन प्रयोगकर्ताले अहिलेसम्म बज्ने क्लासिक मारिम्बा रिङ्गटोनबाट छुटकारा पाउँनेछन् । 

आइफोन एक्सको अर्को फिचर भनेको यसको ओएलइडी डिस्प्ले हो ।  कम्पनीले यस डिस्प्लेलाई अहिलेसम्मकै उत्कृष्ट भनेर दाबी गरेको छ ।  यस डिस्प्लेले भिडियोहरु चम्किलो तथा सार्प इमेजमा निकै उत्कृष्ट गुणस्तरमा देखिने, स्टेरियो स्पिकरहरु ग्लास स्क्रिनको भित्रपट्टि लुकाइएको  कारण साउण्ड क्वालिटी पनि अब्बल रहेको  कम्पनीको  दाबी  छ । 

आईफोन एक्सको अर्को नयाँ फिचर भनेको  अग्मेन्टेड रियालिटी एप हो । आईफोन एक्समा राखिएको एआरकिट फिचरका कारण प्रयोगकर्ताहरु आफ्नो आइफोनमा विभिन्न भर्चुअल रियालिटी गेमहरुको अनुभव प्राप्त गर्न सक्नेछन् । 

आइफोन एक्समा १२ मेगापिक्सेलको डुअल मुख्य क्यामरा तथा ७ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।  सेल्फी क्यामरामा भएको पोट्रेट मोडका कारण फोटोको ब्याकग्राउण्ड ब्लर गरेर स्टुडियोमै जस्तो उत्कृष्ट सेल्फी खिच्न सकिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री