बिहीबार, १५ चैत २०८०

कञ्चनपुरबाट एक मात्र महिला उम्मेदवार बिना मगरका यस्ता छन् चुनावी एजेन्डा

समयपोष्ट २०७४ कार्तिक १९ गते ५:१८

मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरबाट बिना मगर एक मात्रै महिला उम्मेदवार बनेकी  छिन् ।

Advertisement

एमाले माओवादीको संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले प्रतिनिधीसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी हुन् । 

कञ्चनपुरबाट प्रतिनिधीसभा सदस्यका लागि कुनै पनि दलले महिला उम्मेदवार उठाएका छैनन् । माओवादी केन्द्रले निर्वाचन क्षेत्र नम्बर १ बाट विकास प्रेमी, संघर्षशील, जुझारु सक्षम महिला भन्दै बिनालाई प्रतिनीधिसभा सदस्यका लागि अघि सारेको हो । संयुक्त बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी बिना एक्ली प्रतिनिधीसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएकी छिन् । 

उनले कञ्चनपुरको एकीकृत दिगो विकास,सम्मृद्धि, प्राप्त उपलब्धी र महिला अधिकार स्थापितका लागि उम्मेदवारी दिएको बताईन् । बिद्यार्थीकालदेखि नै जनयुद्धमा होमिएकी ग्रामीण भेगकी महिला बिना यसअघि वि.सं २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत चुनाव लडेकी थिईन् । दोस्रो संविधानसभामा पराजित भए पवनि बिनाले कञ्चनपुर निर्वाचन क्षेत्र नं १ लगायत समग्र जिल्लाको विकास निमार्णमा भूमिका निर्वाह गरेकी थिईन् । 

‘मेरो उम्मेदवारी जनताको माग र आवश्यकता अनुसार भएको हो  उनले भनिन् ‘मलाई विश्वास छ अवश्य पनि दक्षिणी भेगका जनताले मलाई साथ दिने छन् ।’
उनले आफुले जिते कञ्चनपुरको मुहार फेर्न प्रतिबद्धता जनाईन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री