शुक्रबार, ७ वैशाख २०८१

ग्लोबल आईएमईले पनि बढाउन सकेन नाफा

समयपोष्ट २०७४ कार्तिक १७ गते ७:३६

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत बर्षको तुलनामा १६.१० प्रतिशतले कम हो । समीक्षा अवधिमा बैंकले एक खर्ब चार अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ८८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

Advertisement

बैंकको यस अवधिमा चुक्ता पूँजी १३ प्रतिशतले बढेर ८ अर्ब ८ करोड पुगेको छ । बैंकको निक्षेप संकलन र कर्जा परिचालनमा समान्य ३०.६१ प्रतिशत र ३२.१७ प्रतिशतको वृद्धि देखिएको छ ।

रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि बैंकको जगेडा कोष एक अर्ब ९७ करोडबाट चार अर्ब ४२ करोड रुपैयाँ बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ, पूँजीकोष अनुपात ११.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.३५ प्रतिशत र मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ । बैंकको कोषको लागत ३ प्रतिशतबाट बढेर ७ प्रतिशतमा उक्लेको छ ।

निष्कृय कर्जा अनुपात  १.५७ प्रतिशतमा घटाए पनि बैंकको संम्भावित जोखिम कोष वापतको रकम ४.५३ प्रतिशतले बढेर १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । बैंकले यस अवधिमा ८ करोड १३ लाख रुपैयाँ राईट व्याक गरेको छ । जुन गत बर्ष यसै अवधिको तुलनामा २ करोड ६२ लाख रुपैयाँले कम हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री