शुक्रबार, १६ चैत २०८०

बाबुरामले लगाए नारायणकाजीमाथी यस्तो गंभिर आरोप

समयपोष्ट २०७४ कार्तिक १७ गते ४:३०

नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार डा बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठ माओवादी नभएको आरोप लगाएका छन्
गोरखाको बारपाकमा बिहिवार चुनावी सभाकालाइ संबोधन गर्दै उनले भने  “उहाँ माओवादी होइन । उहाँ किन माओवादी हुन रहर गरिरहनुभएको छ मैले कुरो बुझेको छैन ।”  

Advertisement

 देशमा विकास र समृद्धि ल्याउन मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली काँग्रेस बीचको गठबन्धनले जित्नुपर्ने बताए  । उनले आफु अर्थमन्त्री, प्रधानमन्त्री हुँदा विकास तथा निर्माणको जग राखेको भन्दै सो पूरा गर्न आफ्नो जित आवश्यक रहेको बताए। 

उनले भने , “मेरो उम्मेदवारी कसैको विरुद्ध होइन । शान्ति, संविधान कार्यान्वयन र स्थिरताका लागि हो ।” आफूले शहीदको सपनालाई घात गरेको प्रतिस्पर्धीले आरोप लगाउने गरेको भन्दै भट्टराईले शहीदका सपना राजतन्त्र अन्त्य गर्दै देशलाई विकास र समृद्धितर्फ लैजाने थियो भन्दै विकास र समृद्धिको नेतृत्व नयाँ शक्तिले गर्दै आएको दाबी गरे। 

भट्टराईले बारपाकीलगायत भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न कम्तीमा रु। पाँच लाखका दरले अनुदान दिनुपर्ने बताए। आफ्नो पालामा बारपाक सडक निर्माण शुरु भएको बताउँदै उनले एक वर्षभित्रमा सडक कालोपत्र गरिने बारपाकीलाई आश्वासन दिए । 

चुनावी सभालाई गोरखा–२ प्रदेशसभा ९ख० का नेपाली काँग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफूलाई जिताएर विकासको ढोका खोल्न बारपाकवासीलाई आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री