शनिबार, १५ वैशाख २०८१

ओलीलाई एमालेले झुक्कायो , स्वतन्त्र उम्मेदवारी दिने

समयपोष्ट २०७४ कार्तिक १६ गते ९:०२

दाङबाट टिकट पाउने आशमा चुनाव अघि एमाले प्रवेश गरेकी लोकगायिका कोमल ओलीलाई अन्तिम समयमा एमालेले धोका दिएको छ ।  दाङबाट टिकट पाउने आशमा कमल थापाको राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनलाई एमालेले समानुपातिकमा समेत पारेन । एमालेले अन्तिममा घात गरेपछि ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । क्षेत्र नम्बर ३ बाट एमालेका हिराचन्द्र केसी वाम गठबन्धनका साझा उम्मेदवार हुन् । दाङमा एमाले उपाध्यक्ष वामदेव गौतम, शंकर पोखरेल र शान्ता चौधरीले उनलाई पार्टी प्रवेश गराएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री