शनिबार, १५ वैशाख २०८१

काठमाडौंबाट बैंकका कर्मचारी भ्रमणमा लिएर इलाम पुगेको माइक्रो दुर्घटना, १५ जना घाइते

समयपोष्ट २०७४ कार्तिक १५ गते ७:२७

मंगलबार काठमाडौंबाट बैंकका कर्मचारी भ्रमणमा लिएर इलाम पुगेको बा४ख ६३५७ नम्बरको माइक्रो बस इलाम नगरपालिका–१०, गोदकमा दुर्घटना भएको छ ।  दुर्घटनामा  १५ जना घाइते भएका छन् । बेलुकी ९ बजेतिर गोलाइमा अनियन्त्रित भइ बाटोभन्दा ५० मिटर तल माइक्रो खस्दा १५ जना घाइते भएका हुन् । घाइते सबैको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरी चौकी, तीनघरेले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । 

Advertisement

घाइते हुनेहरुमा काठमाडौं–७ का ५२ वर्षीय किशोर खनाल, काठमाडौं–१५ का ३३ वर्षीय प्रभाष सिंह, काठमाडौंको बुढानिलकण्ठ–१ का ४१ वर्षीय बासुदेव भण्डारी, काठमाण्डौ ताराकिशोर–१० का ४८ वर्षीय ऋषिराम खत्री, काठमाडौं चन्द्रागिरी–१४ का ४१ वर्षीय अशोककुमार कार्की र काठमाडौंको कपन–११ का ५३ वर्षीय मेहरमान गुरुङ,बागेश्वरी मनहरा–१० का ३५ वर्षीय जुहारीका घोरासैनी, तनहु भिमात–१ का ३८ वर्षीय नवराज लम्साल, काभ्रे बनेपा–९ का ३९ वर्षीय बिष्णुमान जैला, काभ्रेपलान्चोक पनौती नगरपालिका–११ का ४५ वर्षीय बिनोद गिरी, मकवानपुर हेटौडा उपमहानगरपालिका–५ का ५१ वर्षीय बिनोदकुमार पुडासैनी, स्याङ्जा बाग्लुङ नगरपालिका–११ का ३५ वर्षीय कमल पराजुली, सिन्धुपाल्चोक बेलेथी गाउँपालिका–७ का ५१ वर्षीय फलकप्रसाद पराजुली र ललितपुर–२३ का ५१ वर्षीय रिदीकुमार जोशी र इलाम–८ का २५ वर्षीय जीतबहादुर राई  रहेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री