सोमबार, ७ जेठ २०८१

अन्ततः विवाहको २१ वर्षपछि अर्जुन रामपाल–मेहर जेसियाको डिभोर्स

समयपोष्ट २०७६ मंसिर ५ गते १३:१३

Advertisement

अन्तत: विवाहको २१ वर्षपछि अभिनेता अर्जुन रामपाल र भूतपूर्व सुपरमोडल मेहर जेसियाको सम्बन्धविच्छेदलाई बान्द्राको फ्यामिली कोर्टले स्विकारोक्ति दिएको छ ।

रिपोर्टका अनुसार मुख्य न्यायाधीश शैलजा सावन्तले सम्बन्धविच्छेदको मञ्जुरी दिएकी हुन् । उनले आफ्नो निर्णय सुनाउँदै दुई छोरी (माहिका र मायरा) आमासँगै बान्द्रास्थित डुप्लेक्समा बस्ने बताएकी छिन् ।

सन् २०१८ मा अर्जुन र मेहरले आफूहरु अलग्गिएको घोषणा गरेका थिए ।

Advertisement

अर्जुन आजकाल दक्षिणी अफ्रिकी मोडल र नायिका गेब्रिएला डेमेट्रिएड्ससँग सम्बन्धमा छन् । अहिलेसम्म उनीहरुले विवाह गरेका छैनन् । यद्यपि, यसै वर्ष जुलाईमा उनीहरु छोरा आरिकका आमा–बुवा बने ।

 

 

मेहरसँग अर्जुनले सन् १९९८ मा विवाह गरेका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री