सोमबार, ७ जेठ २०८१

यो तस्विरका कारण ट्रोल भइन् आराध्या

समयपोष्ट २०७६ मंसिर ५ गते ११:२५

Advertisement

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या ट्रोल भएकी छिन् ।

हालै ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनले आफ्नी छोरी आराध्याको ८ औं जन्मदिन मनाए । यो पार्टीमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि उपस्थिती रह्यो । यद्यपि, अमिताभ बच्चनको घरमा भएको यो पार्टी पूर्ण रुपमा प्राइभेट थियो तर यो पार्टीका केही तस्बिर सार्वजनिक भएका छन् । यिनै तस्बिरमा देखिएकी आराध्यालाई अब सोसल मिडियामा ट्रोल गरिँदै छ र यसको कारण हो आराध्याको मेकअप ।

यी तस्बिरमा आराध्यालाई यति कम उमेरमा नै मेकअप गरेको भन्दै धेरैले ट्रोल गरेका छन् । बच्चालाई मेकअप किन गरेको भन्दै धेरैले आफ्नो असन्तुष्टि पोखेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री