आइतबार, ६ जेठ २०८१

विवाहपछि अनिल कपुरले सोनमको जीवनमा देखे यस्ता परिवर्तन

समयपोष्ट २०७६ मंसिर ५ गते १०:२७

Advertisement

अनिल कपुरले छोरी सोनम कपुरको बारेमा कुरा गरेका छन् ।

एक भारतीय मिडियासंगको कुराकानीमा आनन्द आहुजासँग विवाह गरेपछि छोरीले खाना बनाउन सिकेको बताएका छन् । कपुरलाई विवाह गरेपछि सोनमको जीवनमा के परिवर्तन देखिएको छ प्रन गरिएको थियो । उनले सोनमले लण्डनमा खाना बनाउन सुरु गरेको बताएका थिए । साथै अहिलेसम्म उनले बनाएको खाना टेष्ट नगरेको समेत बताए ।

कपुरले कुराकानीमा आफ्नो दुई छोरीहरुको पार्टनरसँगको सम्बन्धबारे पनि कुराकानी गरे । उनी भन्छन्, ‘मलाई मेरो र आनन्दको सम्बन्धमा सबैभन्दा राम्रो लाग्ने कुरा हामीबीचको दोस्ती हो । रियाका प्रेमी करण (बूलानी) सँग पनि मेरो साथीजस्तो सम्बन्ध छ ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री