सोमबार, ७ जेठ २०८१

ओस्कार बिजेता यी निर्देशक माथि बलात्कार आरोप, ‘मेरो कपडा च्याते र तबसम्म बल प्रयोग गरिरहे जबसम्म मैले हार मानिन्’

समयपोष्ट २०७६ मंसिर ३ गते १०:०२

Advertisement

चर्चित फिल्म निर्देशक रोमन पोलेस्कीमाथि एक नायिकाले फ्रान्सेली अभिनेत्री भ्यालेन्टाइन मोनायरले बलात्कारको आरोप लगाएकी छिन् ।

निर्देशक पोलेस्कीले आफूलाई १८ वर्षकी हुँदा बलात्कार गरेको आरोप लगाएकी हुन् । शुक्रबार फ्रान्सको एक पत्रिकासँगको साक्षात्कारमा उनले यस्तो दाबी गरेकी हुन् ।

‘सन् १९७५ मा रोमन पोलेस्कीले मसँग दुष्कर्म गरे’, अभिनेत्रीले साक्षात्कारमा भनिन् । ‘म उनलाई व्यक्तिगत वा पेसागत दुबै तरिकाले खासै राम्ररी चिन्दिन थिएँ । त्यो एकदमै हिंसात्मक आचरण थियो । हामी जिस्टाडमा (स्वीटजसरल्याण्डको एक शहर) स्की गर्न गएका थियौं । उनले मेरो कपडा च्याते र तबसम्म ममाथि बल प्रयोग गरिरहे जबसम्म मैले हार मानिन् । यसरी उनले मसँग दुष्कर्म गरे । म मात्र १८ वर्षकी थिएँ’, उनले घटनाको बयान गर्दै सो अन्तरवार्तामा भनेकी छन् ।

पोलेस्की ओस्कार विजेता समेत हुन्। उनले सन् २००२ मा ‘द पियानिस्ट’ नामक फिल्मका लागि सर्वोत्कृष्ट निर्देशकको ओस्कार जितेका थिए ।

Advertisement

मोनायरको यस आरोपको निर्देशक पोलेस्कीका वकिलले भने खण्डन गरेका छन् । ती वकिलले अभिनेत्रीको दाबीलाई मिथ्या आरोप भन्दै अस्विकार गरेका हुन् ।एजेन्सी

नाबालिगलाई नशा दिएर यौन सम्बन्ध कायम गरेको पोलेस्की अमेरिकामा दोषी ठहर भइसकेका छन् । सो मुद्दाको सजाय हुने पक्का भएपछि उनी अमेरिकाबाट भागेका थिए ।

पोलेस्कीमाथि आरोप लगाएकी मोनायरले घटना घटेको ४५ वर्ष बितिसकेको भएपनि पोलेस्कीको आगामी साता फिल्म रिलिज हुन लागेको र यो नै यस बारेमा बोल्नु उपयूक्त भएकोले सो सम्बन्धी खुलासा गरेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री