शुक्रबार, ७ वैशाख २०८१

सिंहदरबारबाट रिमोट थिचेर प्रधानमन्त्रीले गरे ‘माथिल्लो त्रिशूली थ्री ए’ को उद्घाटन

समयपोष्ट २०७६ मंसिर २ गते १४:००

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाट ‘माथिल्लो त्रिशूली थ्री ए’ जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।

सोमबार रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर आयोजनाको उद्घाटन गरेका हुन् ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका ५ सिम्लेबाट एकसाथ उदघाटन गरे ।

आयोजनाको सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । पहिलो र दोस्रो युनिट (३०÷३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री