सोमबार, ७ जेठ २०८१

यामी गौतमसँग श्रीमानको अन्तरंग दृश्य बारे यसो भन्छिन् आयुष्मानकी श्रीमती

समयपोष्ट २०७६ मंसिर २ गते १२:०२

Advertisement

बलिउड अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले पहिलो पटक आफ्ना श्रीमानको अन्तरंग दृश्यबारे टिप्पणी गरेकी छिन् ।

लेखिका तथा फिल्म निर्माता र क्यान्सरसँगको लडाईंमा जीत हाँसिल गरिसकेकी ताहिराले आफ्नो श्रीमानको अभिनेत्री यामी गौतमसँगको अन्तरंग दृश्य देख्दा आफूलाई असुरक्षाको भावनाले घेरेको ताहिराले बताइन् । यद्यपि, यस्तो भावनाबाट निस्कन आफूले सिकिसकेको उनले बताइन् ।

ताहिराले भनिन्, ‘विकी डोनरमा आयुष्मान र यामी गौतमबीच अंतरंग दृश्य देख्दा मलाई असुरक्षाको भावनाले घेरेको थियो ।’

राधिका आप्टेसँग अन्तरंग दृश्यमा आफैंले बताइन् कमजोरीः

Advertisement

ताहिराले भनिन्, ‘हो, सुरुमा म असुरक्षित महसुस गर्थे, तर जब म ‘अंधाधुन’ को सम्पादन हेरिरहेकी थिएँ तब मैले टिमलाई आयुष्मान र राधिका आप्टेबीचको अन्तरंग दृश्यमा केही कमी भएको बताएकी थिएँ । त्यतिबेला एक असुरक्षित श्रीमतीदेखि अन्तरंग दृश्यको विश्लेषकसम्मको यो परिवर्तनलाई मैले महसुस गरेँ ।’

आफ्नै पहिचान बारे के भन्छिन् आयुष्मानकी श्रीमतीः

आफ्नै पहिचानबारे ताहिरा भन्छिन्, ‘म आयुष्मानलाई १८ वर्षदेखि चिन्छु र आयुष्मानकी श्रीमतीको रुपमा परिचित हुँदा मलाई गर्व महसुस हुन्छ । जहाँसम्म आफ्नै पहिचानको कुरा छ, संसार मेरो आत्मस्वीकृतिको सन्देशप्रति साँच्चै नै ग्रहणशील छ । म जे छु, मेरो आफ्नै उपस्थिती, धारणा र अस्तित्वलाई मानिसहरुले स्विकार गर्न सुरु गरेका छन् ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री