आइतबार, ६ जेठ २०८१

जब अवार्ड शोमा चर्चित गायिका एकाएक भईन् टपलेस ….

समयपोष्ट २०७६ मंसिर १ गते ११:३२

Advertisement

 

चिलीकी गायिका मोन लाफर्ते ल्याटिन ग्रामी शोको क्रममा एकाएक टपलेस भईन् । यसो गरेर उनले सरकार विरोधी प्रदर्शनलाई समर्थन गरिरहेकी छिन् ।

लास वेगसमा जब ३६ वर्षकी गायिका एवं गीतकार मोन लाफर्ते रेड कार्पेट अवार्ड समारोहमा आएपछि उनले चिलीमा पुलिसको क्रुरताविरुद्ध आफ्नो समर्थन व्यक्त गरिन् ।

 

Advertisement

 

रेड कार्पेटमा हिँड्दै गर्द एक स्थानमा मोन उभिइन् र आफूले लगाएको कालो ज्याकेट खोलेर आफ्नो स्तनमा लेखिएका शब्द देखाइन्, ‘चिलीमा उनीहरुले बलात्कार, प्रताडना गर्नुका साथै मानिसहरु मारिरहेका छन् । चिलीमा मानिसहरु एक महिनाभन्दा बढी समयदेखि सरकारी उपेक्षा र आर्थिक भिन्नताविरुद्ध प्रदर्शन गरिरहेका छन् ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री