शनिबार, १५ वैशाख २०८१

कैलालीको भजनीमा सनराइज बैंकको नयाँ शाखा, दधिकोट र धापासीमा एक्सटेन्सन काउण्टर विस्तार

समयपोष्ट २०७६ कार्तिक २९ गते १२:५९

Advertisement

सनराइज बैंकले कैलाली स्थित भजनीमा १२३ औँ शाखा संचालनमा ल्याएको छ ।

शाखाको भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरी र सन्राइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

सोहिदिन बैकले भक्तपुर स्थित दधिकोटमा ७ औं तथा काठमाडौं स्थित धापासीमा ८औं एक्सटेन्सन काउण्टरहरु पनि विस्तार गरेको छ ।

हालसम्म सनराइज बैंकले १२३ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४४ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री