बिहीबार, २७ वैशाख २०८१

युनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

समयपोष्ट २०७६ कार्तिक २६ गते २०:५४

Advertisement

युनाइटेड इन्स्योरेन्स कम्पनीको २५ औ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

कम्पनीको मंगलबार सम्पनन २५ औ बार्षिक साधारण सभाले मर्जर सम्बन्धि आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसंग एक आपसमा गाभ्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने, मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्ताव गरेको हो ।

यस्तै संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरी कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभामा कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षता सम्पन्न भएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री