शुक्रबार, १६ चैत २०८०

‘अकुपाई टुँडिखेल’अभियान : अतिक्रमणविरुद्ध काठमाण्डौबासीले बनाए मानव साङलो

समयपोष्ट २०७६ कार्तिक २३ गते १३:५५

Advertisement

अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न दबाब सिर्जना गर्ने उद्देश्यले ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भएको छ । शनिबार नागरिक स्तरबाट आयोजित अभियानका क्रममा सहभागीले मानवसाङ्लो बनाएर टुँडिखेललाई घेरे ।

विश्व स्वतन्त्र दिवसको अवसर पारेर ‘अकुपाई टुाडिखेल’नाम दिइएको अभियानमा ३ हजार जनाको मानव साङ्लो बनाएर घेरिएको हो।

विभिन्न नागरिक अभियन्ताहरु समेत अभियानमा सरिक भए । अभियानमा राजनितिक दल, विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

सो क्रममा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्राध्यापक केदारभक्त माथेमा लगायतको समेत सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीले ‘टुँडिखेल अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा नारा अंकित प्लेकार्ड बोकेका थिए ।

‘अकुपाई टुँडिखेल’ अभियान शनिबारदेखि सुरु भएको र तीन महिनासम्म हरेक शनिबार निरन्तर जारी रहने जानकारी दिइयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री