बिहीबार, १३ वैशाख २०८१

विश्वका सबैभन्दा खुसी मानिस अविवाहित महिला

समयपोष्ट २०७६ कार्तिक १९ गते १३:४९

Advertisement

बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने एक नयाँ अनुसन्धानले देखाएको छ । शिर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो ।

एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्स स्थित प्रोफेसर डोलानले बताएका हुन् ।

डोलान ‘लन्डन स्कुल अफ इकोनोमिस्क’ मा व्यवहारिक विज्ञानका शिर्ष विश्लेषक हुन् । यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए ।

यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री