बिहीबार, ३ जेठ २०८१

दुबईका फ्यानले शाहरुखको जन्मदिनलाई यसरी बनाए खास

समयपोष्ट २०७६ कार्तिक १७ गते १५:१४

Advertisement

बलिउडका किङ खान भनेर चिनिने अभिनेता शाहरुख खानले शनिबार ५४ औं जन्मदिन मनाए ।

उनलाई जन्मदिनको शुभकामना दिन बलिउडका अभिनेता देखि निर्माता निर्देशक सम्म उपस्थित थिए । उनलाई देश विदेशमा रहेका लाखौं फ्यानले पनि जन्मदिनको शुभकामना दिएका थिए ।

अझै विशेष त दुबइका फ्यानहरूले उनका निम्ति बनाइदिए जब शाहरूखलाई संसारकै ठूलो टावर बुर्ज खालीफामार्फत् शुभकामना दिए। दुबइमा रहेका शाहरूखका प्रशंसकहरूले बुर्ज खालीफा अगाडि उभिएर शुभकामना दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । बुर्ज खालीफा त्यही टावर हो जहाा नेपालको संविधान दिवसका दिन नेपाली झन्डा फहराइएको थियो।

शनिबार राती बुर्ज खालीफामा ’ह्याप्पी बर्थ डे टु किङ अफ बलिउड शाहरूख खान’ सन्देशसहित सांगीतिक शुभकामना दिइएको थियो। शाहरूखको फिल्म ’ओम शान्ति ‌ओम’को ’धूमताना’ गीतको धूनमा पानीका फोहोराहरू र झिलीमिली बत्तीको रमझममा मान्छे रमाइरहेका थिए।

Advertisement

धेरैले बुर्ज खालीफामा यसरी नाम देखिने शाहरूख पहिलो भारतीय भएको पनि बताएका छन्। तर यसअघि महात्मा गान्धीको १५० औं जन्मोत्सवमा पनि बुर्ज खालीफामा शुभकामना दिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री